नयाँ दिल्लीमा दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ आयोजना हुँदै

काठमाडौँ – एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ आयोजना गर्ने घोषणा गरेको छ। फेस्टिभल आगामी २० देखि २२ फेब्रुअरी २०२६ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुनेछ।

एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजद्वारा आयोजित फेस्टिभल नेपाली दूतावास, नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड तथा नेपाल सरकारअन्तर्गतको ट्रेड एण्ड एक्सपोर्ट प्रमोसन सेन्टरको सहकार्यमा सञ्चालन हुन लागेको हो।

पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ ले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान–प्रदान तथा जन–जनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

यस वर्षको विषयवस्तुले दिगो आर्थिक विकास र दीर्घकालीन क्षेत्रीय सहकार्यका लागि मानवीय सम्बन्धलाई आधारशिलाका रूपमा प्रस्तुत गरेको आयोजकले जनाएको छ।

फेस्टिभलमा नेपाल सरकार तथा भारत सरकारका क्याबिनेट स्तरका मन्त्रीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सो सहभागिताले इन्डो–नेपाल आर्थिक सहकार्य, नीतिगत संवाद तथा सीमापार साझेदारीको रणनीतिक महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ।

व्यापारसँगै संस्कृति र स्वादको सङ्गम

व्यापार तथा व्यावसायिक गतिविधिसँगै फेस्टिभलमा सांस्कृतिक तथा अनुभवात्मक आकर्षणहरू पनि रहनेछन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक–गायिका तथा कलाकारहरूको सहभागितामा भव्य सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ, जसले नेपाल तथा क्षेत्रको समृद्ध सङ्गीत र सांस्कृतिक विरासत प्रस्तुत गर्नेछ।

त्यसैगरी, आगन्तुकहरूले परम्परागत नेपाली खानाका विविध स्वाद अनुभव गर्न पाउनेछन्। विशेष रूपमा सजाइएका फुड स्टलहरूमा नेपाली परिकारहरू उपलब्ध गराइनेछ, जसले फेस्टिभललाई जन–केन्द्रित र जीवन्त बनाउने आयोजकको भनाइ छ।

फेस्टिभलका प्रमुख गतिविधिहरू

फेस्टिभलअन्तर्गत B2B तथा B2G बैठक, व्यापार, लगानी तथा MSME प्रदर्शनी, पर्यटन, आतिथ्य तथा वेलनेस प्रवर्द्धन, स्टार्ट–अप तथा नवप्रवर्तन प्रदर्शनी, नीतिगत संवाद तथा विशेषज्ञ प्यानल छलफल, उच्चस्तरीय सांस्कृतिक प्रस्तुतिहरू तथा परम्परागत नेपाली खानाको विशेष अनुभव प्रदान गरिनेछ।

एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीतिलाई एकीकृत गर्ने समग्र इन्डो–नेपाल प्लेटफर्मका रूपमा परिकल्पना गरिएको बताए। उनका अनुसार यसले दीर्घकालीन सहकार्य र आपसी समृद्धिका लागि अर्थपूर्ण अवसर सिर्जना गर्नेछ।

दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल २०२६ मा अग्रणी कर्पोरेट संस्था, MSME, निर्यातकर्ता–आयातकर्ता, लगानीकर्ता, पर्यटन क्षेत्रका सरोकारवाला, स्टार्ट–अप, कूटनीतिज्ञ, नीतिनिर्माता, सञ्चारमाध्यम तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार यो कार्यक्रम यस वर्षकै सबैभन्दा व्यापक इन्डो–नेपाल द्विपक्षीय कार्यक्रमहरूमध्ये एक बन्ने विश्वास लिइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top

Event Registration


    Register