नयाँ दिल्लीमा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना हुँदै

दोस्रो इन्डो–नेपाल ट्रेड फेस्टिभल–२०२६ आगामी फेब्रुअरी २० देखि २२ गतेसम्म भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने भएको छ। एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (ECCI) का महासचिव मोहन कार्कीले जारी गरेको विज्ञप्तिमार्फत फेस्टिभलबारे जानकारी गराइएको हो।

विज्ञप्तिअनुसार “जन–जनलाई जोड्दै, द्विपक्षीय व्यापार सुदृढ गर्दै” भन्ने मूल नारासहित फेस्टिभल पीएचडी हाउस, नयाँ दिल्लीमा सञ्चालन हुनेछ। उक्त कार्यक्रम नेपाली दूतावास, नयाँ दिल्ली, नेपाल पर्यटन बोर्ड तथा ट्रेड एण्ड एक्सपोर्ट प्रमोशन सेन्टर (TEPC), नेपालको सहकार्यमा आयोजना गरिनेछ।

पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणमार्फत नेपाल र भारतबीचको व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ। यस वर्षको विषयवस्तुले दिगो आर्थिक विकासका लागि मानवीय सम्बन्ध र आपसी समझदारीलाई महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ।

फेस्टिभलमा व्यापार, लगानी तथा एमएसएमई प्रदर्शनी, पर्यटन, आतिथ्य र वेलनेस प्रवर्द्धन, स्टार्ट–अप तथा नवप्रवर्तन प्रदर्शनी, नीतिगत संवाद र विशेषज्ञ प्यानल छलफलजस्ता कार्यक्रम समावेश हुनेछन्। साथै, व्यापारिक गतिविधिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक–गायिका र कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।

Download Brochure

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top

Event Registration


    Register